

सभा सम्मेलन र जुलुस नगर्न काठमाडौं प्रशासनको निर्देशन (सूचनासहित)

काठमाडौं – पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढ्ने बताएका छन् ।
यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।
‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।
सूचनाः

