
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पूर्वकप्तान पारस खड्काको घोषणा
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।
नेपाली क्रिकेटका लागि भने खेल यात्रालाई निरन्तरता दिने बताएका उनले भनेका छन्,‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्। मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन्।’
उनलेसबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुराउने विश्वास लिएको उल्लेख गरेका छन्।
नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका उनी अलराउन्डर मानिन्छन्। उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए।



कागजपत्र |
