लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त


बुटवल – जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका तीन जना सांसदलाई पार्टीबाट पदमुक्त गराएको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

हेर्नुहोस् सूचना:

 

प्रतिक्रिया