लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- सरकार गैरसंसदीय खेलमा छैन, विश्वासको मत लिन्छाैं


बुटवल – लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् ।

विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेका बेला मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री चौधरीले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।

जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए । साथै उनले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए ।

प्रतिक्रिया