

प्रदेश प्रमुखहरू अहिराज र पौडेल पदमुक्त गर्न मन्त्रिपरिषद डाकियो, परियार र शेरचनको नियुक्ति

काठमाडौं– प्रदेश २ र गण्डकी प्रमुख राजेश झा अहिराज र सीता पौडेललाई पदमुक्त गर्न मन्त्रिपरिषद बैठक डाकिएको छ। उक्त मन्त्रिपरिषदले दुई जनालाई हटाउँदै २ नम्बर प्रदेशमा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई नियुक्ति गरिने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनै परियार र शेरचनलाई हटाएर अहिराज र पौडेललाई नियुक्तिको सिफारिस गरेको थियो। माओवादी केन्द्रका भागमा परेका दुवै प्रदेशका प्रमुखमा पहिलेकालाई नै पुनर्नियुक्तिका लागि सिफारिस गरिन लागेको हो।
परियार र शेरचनालाई जिम्मेवारीमा पठाउने माओवादी स्थायी कमिटीले निर्णय गरिसकेको छ।

