

जसपा विवादमा सर्वोच्चले अन्तरिम आदेश दिएन, निर्वाचन आयोगलाई पनि बोलाइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद निरुपण गरिरहेको निर्वाचन आयोगको निर्णय रोक्नका लागि महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आयोगले कसरी काम गरेको छ भन्ने कागजातसहित १५ साउनमा अदालतमा उपस्थित हुनका लागि आदेश दिएको छ। रिट निवेदनकर्ता ठाकुर पक्ष र निर्वाचन आयोगलाई अदालतमा बोलाइएको हो।
आयोगले सोमबार जसपा विवाद निरुपणको फैसला गर्ने निधो गरेको छ। सोही कारण उपेन्द्र यादव पक्षले बहुमत कार्यकारिणी सदस्यलाई गोदाबारीको रिसोर्टमा राखेको छ।

