ओलीविरुद्ध बोलेपछी आफ्नै निर्वाचन क्षेत्रमा सुरेन्द्र पाण्डे कार्यकर्ताबाट लखेटिए


चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद जिल्ला देखि गाउँ तहसम्म पनि पुग्ने देखिएको छ ।

पूर्वी चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीविरुद्ध बोलेपछि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए ।

प्रतिक्रिया