

थप १६७४ संक्रमित, २३२३ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा २३२३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप ७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

