प्रक्रियामै भोली खुल्दैछ लुम्बिनी कोषको ३ अर्ब ४० करोडको टेन्डर, प्रतिस्पर्धामा १२ कम्पनी

बोलपत्र रोक्न नसक्ने ठहर गर्दै सर्वोच्चले गरेको थियो रिट खारेज


काठमाडौं– लुम्बिनी विकास कोषले सडक सञ्जाल सम्बद्ध गुरुयोजनाको साढे ३ अर्ब ४० करोड बराबरको टेन्डर प्रक्रियामै भोली खुलाउने भएको छ। ६ गतेका लागि खोल्ने मिति तोकिए पनि बकर इदको सार्वजनिक विदाका कारण टेन्डर विहीबार खुल्न लागेको छ।

Construction of Road Network & Associated Works of Lumbini Master Plan Contract No. LTD/RN/NCB-8/077/78, LDT/RN/NCB-09/077/78, LDT/RN/NCB-10/077/78, LDT/RN/NCB-11/077/78  चार वटा प्याकेजको निर्माण कार्यका लागि बोलपत्रमा माग गरिएको मापदण्ड पुगेका कम्पनीले टेन्डर हालेका छन्। उक्त टेन्डर रोक्नका लागि विभिन्न पक्षले सर्वोच्च अदालतमा रिट हाले पनि ३ साउनमा खारेज भएको थियो।

टेन्डर प्रक्रियागत हिसाबमा रहेको र त्यसलाई रोक्न नसकिने ठहर गर्दै अदालतले रिट खारेज गरेको छ।

स्रोतका अनुसार उक्त टेन्डरका लागि १२ वटा निर्माण कम्पनीले दाबेदारी गरेका छन्। लुम्बिनी विल्डर्स प्रालि, बाबुल निर्माण सेवा, अर्घाखाँची निर्माण सेवा, रमण कन्ट्रक्सन प्रालि, खानी निर्माण सेवा प्रालि, गजुरमुखी निर्माण कम्पनीले टेन्डरमा दाबी गरेको बताइन्छ।

यसैगरी एपेक्स कन्ट्रक्सन प्रालि, लामा कन्ट्रक्सन प्रालि, बुद्ध हिमाली कन्ट्रक्सन प्रालि, हनुमान कन्ट्रक्सन प्रालि, रामजानकी निर्माण सेवा प्रालि र कमलजित निर्माण सेवाले टेन्डर प्रक्रियागत हिसाबमा भरेको दाबी गरिएको छ।

ection 2.4.2(B) Construction Experience in Key Activities मा रहेका M35 Work or Interlock paver with cobble under hydraulic pressure 5000 Sq. Mt. in single work & Land Scapping Work, Minimum 60,000 Sq. Mt. in Single Work contract भनी चार वटा प्याकेजका माग अनुसार नै कम्पनीहरुले दाबी गरेको बताइएको छ।

बुधबार सरकारी विदा परेका कारण टेन्डर विहीबारका लागि खुलाउँदा राम्रो हुने निर्णयअनुसार कोष अघि बढेको आयोजना प्रमुख ईञ्जिनियर सरोज भट्टराईले जानकारी दिए। कति वटा कम्पनीले भरेका छन् भन्ने विषयमाचाहिँ टेन्डर खुलेको बेला नै थाहा हुने भट्टराईले जानकारी दिए।

प्रतिक्रिया