

बिमारी सीतालाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं– लामो समयदेखि बिमारी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार खुमलटार पुगेका छन्।
प्रचण्डनिवास खुमलटार पुगेका देउवाले सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै प्रचण्डसँग आगामी दिनमा राजनीतिक सहमतिलाई कसरी अगाडि बढाउने भन्ने चर्चा गर्नेछन्।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच दिउँसो सरकारी निवास बालुवाटारमा भएको भेटमा राजनीतिक संयन्त्र बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेजीका विषयमा सहमति भएको बताइएको छ।

