१५१ सदस्यीय केन्द्रीय कमिटीसहित प्रभु साह नेतृत्वमा एमालेको ‘आईटी आर्मी’


काठमाडौं– नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा १५१ जनाको केन्द्रीय कमिटीसहितको ‘आईटी आर्मी’ नामको साइबर दस्ता गठन गरिएको छ।

सरकारले इन्टरनेट र आइटीका माध्यमबाट एमालेविरुद्ध भ्रम फैलाउन सक्ने भन्दै त्यसको प्रतिरोध तथा भ्रष्टाचार र कुशासनविरुद्धको भण्डाफोरका लागि आईटी आर्मी स्थापना गरिएको बताइन्छ।

आईटी आर्मीको जिल्ला कार्य समिति ५१ सदस्यीय तथा प्रदेश कमिटी १०१ सदस्यीय बन्ने अन्तरिम घोषणा पत्रमा उल्लेख छ। एमाले केन्द्रीय कमिटीमा प्रस्तावसहित पारित गर्दै यसको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

एमालेको युवा पंक्ति तथा पूर्वमाओवादीका विभिन्न भ्रातृ संगठनबाट आएका, पार्टीमा रहेका प्राविधिक विद्यार्थी र कार्यकर्ता उक्त संगठनमा रहनेछन्।

प्रतिक्रिया