प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता


काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजदेखि सुरु हुन लागेको संसद अधिवेशनको दोसो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको जनाइएको छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीमा नियुक्त भएको देउवा नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेका लागि संसद बोलाएकी हुन् ।

प्रतिक्रिया