

केन्द्रीय सदस्य घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए ।
कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार राजधानीको गौशालामा सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि पार्टीकै केही कार्यकर्ताले धर्मशालामै पुगेर आक्रमण भएको थियो ।
समितिले एक महिनादेखि गौशालास्थित नेपाल-भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

