


८ सय १ जनामा गरिएको परीक्षणमा तीन कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं – आईतबार बस्न लागेको सङ्घीय संसद् बैठकलाई लक्षित गरेर सभामुखसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो।
आईतबार देखि सुरु हुने सङ्घीय संसद्को अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।

