माओवादी केन्द्रबाट तीन मन्त्री, मन्त्रालयको टुंगो लाग्न बाँकी


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

उनले माओवादी केन्द्रबाट देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसालको नाम टुंगो लगाएका हुन् । उनीहरुको मन्त्रालयको टुंगो लाग्न बाँकी रहेको स्रोतले जानकारी दियो ।

शर्माले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयमा दाबी गरेका छन् । उनि यसअघि नै उर्जा र गृहमन्त्री बनिसकेका छन् । माओवादी र कांग्रेसबीच गृह र अर्थ मन्त्रलाय कस्ले लिने भन्ने अझै टुंगिएको छैन ।

देउवा नेतृत्वको सरकार चुनावी सरकार भएकाले गृहमन्त्रालय आफुसंग राख्ने देउवाको तयारी छ । माओवादी केन्द्रका नेता शर्मा अर्थ नपाए गृहमा जानेमा छन् ।

प्रतिक्रिया