प्रधानमन्त्री बन्ने निश्चित भएसँगै देउवा निवासमा कांग्रेस नेता तथा कार्यकर्ताको भीड


काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्ने सर्वोच्चको आदेशसँगै देउवा निवासमा चहलपहल सुरु भएको छ ।

सर्वोच्चको आदेशपछि पाँचौं पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको देउवालाई भेट्न कांग्रेस नेता एवं कार्यकर्ता बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेका छन् ।

देउवा निवास पुग्ने अधिकांश नेता, कार्यकर्ता र शुभचिन्तकहरूले फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै मंगलवार साँझ ५ बजेभित्र प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया