

यस्तो छ जेनी कुँवरको ‘सुसाइड नोट’- ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन म आफैंले गरेको हो’

काठमाडौं – ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन म आफैंले गरेको हो’, ‘यसमा कसैको दोष छैन ।’
नायिका जेनी कुँवरले आत्महत्या गरेको खबर पाउने बित्तिकै थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा गएको प्रहरीले उनको शब नजिकै भेटिएको नोटमा लेखिएका हरफ हुन् यी ।
‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतका चलचित्रमा काम गरेकी नायिका कुँवरले डिप्रेसनका कारण आत्महत्या गरेको बताएकी छिन् । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।
सनसिटी अपार्टमेन्टमा बस्दै आएकी कुँवरले अपार्टमेन्टमा कोही नभएको मौका पारि आत्महत्या गरेको जनाइएको छ । उनको शब बिहीबार साँझ झुण्डिएको अवस्थामा फेला परेको थियो ।

