पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध


स्याङ्जा – पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बिहिबार पुतलीबजार-४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया