

पहिरोमा परी दार्चुलामा एकै घरका २ जनासहित ३ को मृत्यु

दार्चुला — दार्चुलामा पहिरोले पुरिएर तीन जनाको ज्यान गएको छ ।
नौगाड गाउँपालिका–३ ज्यामिरेमा बुधबार राति अबिरल वर्षाका कारण आएको पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको पहिरोले घर पुरिँदा मृत्यु भएको बताए।
यस्तै, घट्ट जाने क्रममा आएको पहिरोमा परी सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको जोशीले जानकारी दिए।
ज्यामिरेमा पहिरोले दुई घर पुरेको छ। सोही वडामा एक—एक झोलुंगे पुल पनि पहिरोका कारण क्षतिग्रस्त भएको छ।
खारखोलाको लघु जलविद्युत आयोजान पनि बाढीले बगाएको जनाइएको छ ।

