

चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तालिका सार्वजनिक

काठमाडौं – चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने उडान तालिका सार्वजनिक भएको छ।
चीनबाट ल्याउने भनिएको ४० लाख डोज कोरोना खोपको तालिका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सार्वजनिक गरेका हुन् ।
तालिकाअुनसार असार २४ गते नेपाल एयरलाइन्सको विमान खोप ल्याउन बेइजिङ उड्ने छ । २५ गते खोप ल्याएर नेपाल फर्किने छ ।
खोपका लागि अर्को उडान असार ३१ गते हुने छ । चीनबाट खोप लिएर साउन १ गते नेपाल फर्किने छ ।
यसैगरी साउन ७ गते तेस्रो उडान हुने छ । ८ गते कोरोना खोप लिएर नेपाल फर्किने कार्य तालिका रहेको छ ।
यसरी सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ।
सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकाले यसबारेमा विस्तृत खुलाइएको छैन।

