सामाजिक सुरक्षा योजनाको विषयमा सिद्धार्थ बैंकका कर्मचारी आन्दोलित


काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडका कर्मचारीहरु आन्दोलित भएका छन् । सामाजिक सुरक्षा योजनाको विषयमा असन्तुष्टी जनाउँदै बैंकका कर्मचारीहरुले अनामनगरस्थित बैंकको शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

कर्मचारीहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ?’ भन्दै असहमतिका पाँच बुँदासहित प्रदर्शन गरेका हुन् ।

सामाजिक सुरक्षामा सहभागी भएमा खाई पाई आएको तलबमा घट्ने भएको बताउँदै उनीहरुले यसप्रति असन्तुष्टी जनाएका छन् ।

त्यस्तै कर्मचारीहरुले न्यूनतम ज्यालाबाट बञ्चित बहुसंख्यक श्रमिकहरुको सामाजिक सुरक्षाको हकको सुनिश्चितताको समेत माग गरेका छन् ।

 

प्रतिक्रिया