

शरीरमा बाँधेर भारत लैजाँदै गरेको ५ किलो चरेससहित दुईजना पक्राउ

वीरगञ्ज – शरीरमा चरेश बाँधेर सीमापार भारत लैजान लागेको चरेशसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत रहेका वडा प्रहरी कार्यालय विर्ताबाट खटि गएको प्रहरी टोलीले सोमबार बिहान करिब दश बजेतिर वीरगञ्ज ३ का अभिषेक श्रीवास्तव र ५ का धिराज पटेल पक्राउ परेको जनाइएको छ ।
प्रहरीका अनुसार उनीहरु वीरगंज महानगरपालिका वडा नं. १६ मितेरीपुल नजिकैको पक्की सडक खण्ड स्थितमा नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा बीरगंज महा नगरपालिका वडा नं. ०३ छप्कैया बस्ने राजेश नारायण श्रीवास्तवको छोरा बर्ष २८ को अभिषेक श्रीस्तवको साथबाट लागु औषध चरेश २ किलो ४ सय ४५ ग्राम तथा वडा नं.५ बस्ने बबु पटेलको छोरा बर्ष २३ को धिरज पटेल पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट लागु औषध चरेश २ किलो ४ सय ४५ ग्राम समेत नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय विर्तामा ल्याइ थप अनुसन्धान कार्य भइरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।

