त्रिविले माग्यो ७७ प्राविधिक कर्मचारी, कहिलेसम्म छ त फारम भर्ने मिति ? (सूचनासहित)


काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।

कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक गरी ७७ जना प्राविधिक मागेको छ।

अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले साउन ४ गतेसम्म साधारण र ९ गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

सुचनाः

 

प्रतिक्रिया