स्वीट्जरल्यान्डसँग फ्रान्स स्तब्ध, सेमिफाइनल प्रवेशका लागि स्पेन र स्वीट्जरल्यान्ड भिड्ने


काठमाडौं – जारी युरोकपको नकआउट चरणमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे ।

स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गरे ।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।

त्यसअघि सोमबार राती सम्पन्न अघिल्लो खेलमा क्रोएसियालाई ५–३ लाई पराजित गर्दै स्पेन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेको समयमा ३–३ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा स्पेनले २ गोल गरेर जित हात पार्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

अब सेमिफाइनल प्रवेशका लागि स्पेन र स्वीट्जरल्यान्डबीच खेल हुनेछ ।

 

प्रतिक्रिया