दुईमहिनापछि उपत्यकाका सडकमा सार्वजनिक सवारी


काठमाडौं – उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसँगै सार्वजनिक बसहरु सञ्चालनमा आएका छन् ।

सोमबार बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो।

दुई महिनाअघि देखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि चल्न थालेका छन् ।

जोर विजोर प्रणालीमा सञ्चालनका लागि खुला गरिएको सार्वजनिक सवारीमा २५ सिट क्षमताभन्दा बढीका सवारी साधनमात्र सञ्चालन गर्न पाइने जनाइएको छ । आज बिजोर सवारीसाधनहरु सञ्चालनमा आएका छन् ।

यसअघि दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि उपत्यकामा गत वैशाख १६ गतेदेखि सार्वजनिक सवारीसाधनलगायतका अधिकांश क्षेत्र बन्द गरी निषेधाज्ञा घोषणा गरिएको थियो ।

प्रतिक्रिया