एसएसपी चौधरीको गुनासो: राजनीतिक आरोप लगाएर बढुवामा बन्चित गरियो (भिडियो)

‘आरोपबारे प्रधानमन्त्रीकहाँ गएर कुरा राख्ने प्रयास गरें, भेट नै पाइन’


काठमाडौं – प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को ५५ वर्षे उमेरहद कारण दिलिप चौधरी उमेरहदका कारण भोलि अर्थात १० असार २०७८ बाट अवकाशमा जान्छन्। चौधरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची हुन्। जागिरको अन्तिम दिन हो।

ब्याचमेट क्षेत्री संगठन प्रमुख भएर नेतृत्व हाँकिरहँदा एसएसपीबाटै रिटायर्ड हुन लागेका चौधरीले अवकाशको मुखमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) बन्नको लागि कसरत गरे। तर, सफल हुन सकेन।

राजनीतिक आरोप लगाएर आफूलाई बढुवामा बन्चित गरिएको चौधरीको भनाइ छ। ‘मेरो क्वालिटी र मेरो कार्यसम्पादन नजरअन्दाज गरेर मलाई बढुवाबाट बन्चित गराइयो,’ चौधरीले भने।

आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दा समेत भेट नपाएको चौधरीले गुनासो गरे। अवकाश हुन लागेपछि आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा चौधरीले जति प्रयास गरेपनि प्रधानमन्त्रीलाई भेट्न नपाएको बताए।

त्यस्तै उनले संगठन प्रमुखले समेत चासो नदिएको बताए। ‘यसमा चाहिँ मलाई दुःख लागेको छ, आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु,’ चौधरीले भने, ‘आईजीपी सापलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको भन्नुभयो।’

त्यस्तै बढुव समितिको अध्यक्षलाई भेट्न जाँदा समेत बालुवाटरबाट नाम काटेको हो मैले केही गर्न सक्दिन भनेर आफूलाई पठाएको चौधरीले बताए। ‘राजनीतिक आरोपबारे प्रधानमन्त्रीकहाँ गएर धेरै कुरा राख्ने प्रयास गरै, भेट नै पाइन,’ चौधरीले भने।

भिडियोमा एसएसपी चौधरीको रोदन

राजनीतिक शक्तिबाट कमजोर हुँदै गएपछि चौधरी बढुवामा पछि परेको चर्चा हुन्छ।कांग्रेस नेता विजयकुमार गच्छदारसँग निकट हुन् चौधरी। तर, गच्छदारलाई अख्तियारले पोलेपछि चौधरी पनि बढुवामा पछि पर्दै गए र एसएसपीबाटै अवकाश हुनुपरेको हो त?

गच्छदारसँगको प्रसंग समेत चौधरीले भिडियोमा बोलेका छन्।

एसपी बढुवामा चौधरी एक नम्बरमा सिफारिस भएका थिए। एसपी बढुवामा चौधरीभन्दा जुनियर रहेका हरि पाल, निरज शाही, प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्।

यो पनि पढ्नुहोस्

एसपीमा एक नम्बर चौधरी एसएसपीबाटै रिटायर्ड!

आईजी थापाका ‘ब्याची’ एसएसपी चौधरी बढुवामा रोकिनुको कारण यस्तो हुन सक्छ

प्रतिक्रिया