
निषेधाज्ञा खुकुलोसँगै पठाओ र टुटलले पनि सेवा सुचारु गर्दै
काठमाडौं – उपत्यकाका तीन जिल्लाका प्रशासनले निजी सवारीसाधनलाई जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेसँगै पठाओ र टुटल पनि सञ्चालनमा आउने भएका छन् ।
राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।
आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।
निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।
सरकारले तोकेको मापदण्डभित्रै रहेर सेवा सञ्चालन गर्ने पठाओ र टुटलका प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेकाले सोहीअनुसार तयारी भईरहेको जनाइएको छ ।



कागजपत्र |
