

युरोकप–२०२१ः इंग्ल्यान्ड र स्कटल्याण्ड बराबरीमा

काठमाडौं – युरोकप फुटबलको शुक्रबार मध्यरातमा सम्पन्न खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।
इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।
स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।
पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

