जाजरकोटमा हराइरहेका ७ जना स्थानीयको सम्पर्कमा आए


काठमाडौं – जाजरकोटमा हराइरहेका ७ जना स्थानीयको सम्पर्कमा आएका छन् । उनीहरु स्थानीयको सम्पर्कमा आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।

मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज विहान मात्र भेटिएका हुन् ।

भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएका सात सम्पर्कविहिन भएका थिए।

प्रतिक्रिया