बाढीग्रस्त मेलम्चीको पछिल्लो अवस्था (तस्विरहरु)


सिन्धुपाल्चोक – अविरल वर्षापछि आएको बाढी-पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् ।

तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । अहिले बस्तीको बाढी केही मथ्थर भएसँगै मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सार्न थालेका छन् ।

अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी-पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।

हेर्नुहोस् घटनास्थलको पछिल्लो ताजा तस्विर :

May be an image of outdoors

May be an image of tree and outdoors

May be an image of outdoors

May be an image of outdoors

May be an image of tree and outdoors

May be an image of outdoors

May be an image of outdoors

May be an image of street

May be an image of body of water

May be an image of road

May be an image of outdoors

May be an image of outdoors

तस्विर :आदित्य दाहाल

 

 

प्रतिक्रिया