

एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस

काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा राय दिन सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्तालाई सिफारिस गरेको छ। वरिष्ठ अधिवक्ताहरू कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीका रूपमा सर्वोच्च बारबाट सिफारिस भएका हुन्।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले उनीहरूलाई एमिकस क्युरीमा पठाउन सिफारिस गरेको हो।
यसअघि सर्वोच्च अदालतले एमिकस क्युरीका रुपमा सर्वोच्च बार र नेपाल बार एसोसिएसनका तर्फबाट दुई दुई जना मगाउने निर्णय गरेको थियो। नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीका रूपमा जाने कानुन व्यवसायीको नाम सिफारिस गनए बाँकी नै रहेको छ ।
असार १० गतेभित्र उनीहरूले बहस नोट सर्वोच्च अदालतमा पेस गरिसक्नुपर्नेछ।

