

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं – सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। केही समयअघि मात्र गृहमन्त्रालयको कार्यालयमा नयाँ मन्त्री खगराज अधिकारीले अध्यक्षता गरेको समितिको बैठक शुरु भएको हो।
उक्त बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका तीनतारे जर्नेल प्रभुराम शर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह प्रवक्ता जनकराज दाहाललगायतको उपस्थिति रहेको छ।
गृहमन्त्री अधिकारीको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा पछिल्लो देशको सुरक्षा अवस्थाबारे र निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।

