युरोकप २०२१ः आज तीन खेल हुँदै, उद्घाटन खेलमा इटाली विजयी


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ दुई खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस समूहमा इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको हो ।

यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ ।

डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया