कुलाे विवादमा गोली चल्यो, एक पक्राउ


दाङ – दाङमा कुलो मर्मतका बारे भएको एक विवादमा गोली चलेको छ।

शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश लामाले बताए ।

लामाका अनुसार गोली चलाएको आरोपमा स्थानीय पूर्ण वली पक्राउ परेका छन् ।

सामान्य विवाद सिर्जनाभएपछि विवादित पक्षलाई तर्साउनका लागि गोली चलाएको हुनसक्ने लामाले बताए । यस बारे थप अनुसन्धान हुँदै गरेको पनि एसपी लामाले बताए । एक राउन्ड गोली चले पनि मानिसलाई भने गोली नलागेको पनि जनाइएको छ ।

 

प्रतिक्रिया