आज शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख सापकाेटा


काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमबाट निकास निकाल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

आज (शुक्रबार) दिउँसोका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्।

संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

बैठक संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ। छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ।

प्रतिक्रिया