काठमाडौंमा खोप अभियान स्थगित


काठमाडौं – काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित भएको छ । खोप अभावका कारण अभियान स्थगित गरिएको महानगरले जनाएको छ।

जेठ २५ देखि काठमाडौं महानगरल सबै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउने अभियान सञ्चालन गरेको थियो । जसमा ६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको थियो।

तर,सरकारले खोप उपलब्ध गराउन नसक्ने बताएपछि अभियान स्थगित गरिएको महानगरले जनाएको छ । अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ।

प्रतिक्रिया