मनोमानी निर्णय सच्याउन माग गर्दै प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध


जनकपुरधाम – प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् । उक्त निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने विपक्षी दलका सांसदहरुले बताए ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

प्रतिक्रिया