

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीको शानदार जित

काठमाडौं – जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७-१ले पराजित गरेको हो ।
जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । लात्भियाका एलेक्सेज साभेलजेभ्सले एक सान्त्वना गोल फर्काएका थिए ।
घरेलु मैदानमा एकपक्षीय बनेको खेलमा जर्मनीले पहिलो हाफमै ५-० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खाएको हो । हाल यु्रोकपको तयारीमा मैत्रीपूर्ण खेलहरु भैरहेका छन् । जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग १५ जुनमा खेल्नेछ ।

