असार १ गतेबाट कक्षा सञ्चालन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधी योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्न आग्रह गरे । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने,‘असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस ।’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए। उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । उनले भने,‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।’

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा। तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए। आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।

उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपियाँ सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको छ ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्ने पनि बताए ।

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागू गरिने जानकारी दिए। बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानी खुला गर्न आग्रह गरे । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताए ।

 

प्रतिक्रिया