

युरोकप छनोट अघिको मैत्रीपूर्ण खेल: बुल्गेरिया विरुद्व रुसकाे जित

काठमाडौं – युरोकप छनोटअघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गए राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ । यस्तै गए राति नै भएको खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् ।
विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन । यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ ।

