दक्षिण कोरियाद्वारा नेपाललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं – कोभिड-१९ महामारीको दोस्रो लहरको बिरूद्ध लड्न नेपाल सरकारलाई दक्षिण कोरियाले २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरिया सरकारले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९कोइका० मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो।

नेपालका लागी कोरियाली राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहमा राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड-१९ को दोस्रो लहरलाई नियन्त्रण गर्न सहयोग गर्ने बताए। किट हस्तान्तरण पश्चात नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुर्याउने डा रोशन पोखरेलले बताए । महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्याएकोमा कोरियाली सरकारलाई उनले धन्यबाद प्रकट गरे ।

 

प्रतिक्रिया