

काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो, वैज्ञानिक परीक्षण हुन बाँकी

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।
काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेको स्थानीयले बताए । हाल ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ ।
स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको छ ।

