यी हुन् एमाले फुटाउन जोड दिने नेपाल पक्षका चार भाई, यस्ता छन् विद्रोहका १० बुँदा


काठमाडौं– एमालेमा माधव नेपाल पक्षभित्र एकता र विभाजनका पक्षमा जानुपर्ने मत जोडतोडका साथ उठेका छन्। चार पूर्वपदाधिकारीले एकताका लागि जोड दिइरहेका बेला तीन पूर्वपोलिटव्युरो र एक केन्द्रीय सदस्यले विभाजनमै जानुपर्ने १० बुँदे ध्यानाकर्षण पत्र नेपाल र बरिष्ठ नेता झलनाथ खनाललाई बुझाएका छन्।

जबकि पूर्वपदाधिकारी घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे वार्तामार्फत एकतामा नै जानुपर्नेमा जोड दिइरहेका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका नाममा छल गरिरहेको भन्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले १० बुँदे ध्यानाकर्षण पत्र नेपाल–खनालका नाममा लेखेका छन्।

प्रतिक्रिया