संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा समावेश गर्न मन्त्रालयको अनुराेध (पत्रसहित)


काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा यथाशीघ्र पठाउन परिपत्र गरेको छ ।

मन्त्रालयले दोस्रो पटक गरेको परिपत्रअनुशार अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी रहेका स्थानीय तहलाई कोभिड–१९ को नियन्त्रणका लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पालना गरी सीमित कर्मचारीको उपस्थितिमा विद्युतीय माध्यमबाट बैठक गरी मन्त्रालयको सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था मिलाउन भनेको हो ।

प्रतिक्रिया