कांग्रेसका विसी र श्रेष्ठ मन्त्रीमा सिफारिस


काठमाडौं – नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागि भएको छ। आज साँझ बसेको संसदीय दलको बैठकले दुई मन्त्रीको नाम सिफारिस गरेको छ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।

‘आजको बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेका छ,’ दलका नेता शाहीले भने, ‘विसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको छ।’

उनीहरुको सपथ भोलिमात्रै हुने नेता शाहीले बताए।

प्रतिक्रिया