

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले जिउँदै आगो लगाइएकी डोटीको आर्दश गाउँपालिका- ४ कि लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।

