डार्थ भेडरको घर ४३ लाख डलरमा विक्री हुँदै


काठमाडौं – स्टार वार्सका फ्यानहरुका लागि भनेर उत्साहजनक खबर सार्वजानिक भएको छ । अमेरिकाको टेक्ससमा अहिले डार्थ भेडरको थिममा निर्माण गरिएको घर विक्रीका लागि राखिएको छ ।

तर, फ्यानहरुले यो सपनाको घर प्राप्त गर्न त्यही अनुसारले शुल्क तिर्न तयार हुने पर्नेछ । ‘द डार्थ भेडर हाउस’ नाम दिइएको त्यो ७ हजार वर्ग फुटमा अवस्थित घरको मूल्य हाल ४३ लाख डलर तोकिएको छ ।

यसको बाहिरी स्वरुप स्टार वार्सको चर्चित खलपात्र डार्थ भेडरको हेल्मेट जस्तो रहेको छ । सो घर १९९२ मा निर्माण भएको थियो जसमा चार वटा बेडरुम, पाँच बाथरुम र चारवटा गाडी अट्ने गराज पनि रहेको छ । एजेन्सी

प्रतिक्रिया