पूर्वडीआईजी खरेलले जिते कोरोना


काठमाडौं— नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएका छन् ।

उनी कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते नेपाल प्रहरीले सञ्चालनमा गरेको प्रहरी अस्पतालमा भर्ना भएका थिए । उनी आज डिस्चार्ज भएका हुन् ।

गत वैशाखमा कोरोना संक्रमण भएका उनी अवस्था चिन्ताजनक भएपछि अस्पतालमा भर्ना भएका थिए ।

‘कोरोनाले गाह्रो बनाएपछि अस्पतालमा भर्ना भएको थिएँ, अहिले कोरोनालाई जित्न सफल भएको छु,’ उनले भने । खरेलको उपचार सघन कक्षमा राखेर भएको थियो ।

प्रतिक्रिया