

पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था

काठमाडौं – सरकारले नेपाल पत्रकार महासंघका सदस्यहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भएको छ ।
अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ का लागि आगामी साउन १ गतेदेखि महासंघको सिफारिसमा प्रेस काउन्सिलले उपलब्ध उपचार कार्डका आधारमा देशभरका सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने जनाएका छन् ।
त्यस्तै श्रमजीवी पत्रकारलाई ७ लाखसम्मको बिमा गरि ५० प्रतिशत प्रिमियम छुट दिने जनाइएको छ ।

