नेप्सेमा उछाल, एकैदिन २५ अंकले नेप्से बढ्दा ४ अर्ब बढीको कारोबार


काठमाडौं – नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो दिनदेखि नै सामान्य वृद्धि हुँदै आएको शेयरबजार तेस्रो दिन मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २५.९८ अंकले बढ्दै १६७८.७९ मा पुगेर रोकिएको छ । सेन्सेटिभ अंक ५.०६ ले बढ्दै ३३०.३९ पुगेको छ ।

मंगलबार १ सय ९६ कम्पनीहरुको शेयर कारोबार भएकोमा सबै समूहको शेयर बढेको देखिएको छ । तर, बैंकिङ समूहको भने तुलनात्मक रुपले केही घटेको देखिएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्बभन्दा बढीको कारोबार भएको छ ।

मंगलबार ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर कारोबार भएकोमा ३८ हजार ६ सय ३४ कारोबार भएका थिए । ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ । अ

प्रतिक्रिया